Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

रौतहटको चन्द्रपुरमा अनुमतिबिना सञ्चालित चिनिया भाषाको कक्षा बन्द





रौतहट ।
एक महिनादेखि रौतहटको चन्द्रपुरमा अनुमतिबिना सञ्चालित चिनियाँ भाषाको कक्षा बन्द भएको छ ।
पर्यटक भिसामा आएका चिनियाँहरुले चन्द्रनिगाहपुर आसपासमा भाषा कक्षा सञ्चालनका लागि शंकास्पद गतिविधिसमेत गरेको भन्दै गुनासो आएपछि प्रशासनले बन्द गराएको हो ।
चन्द्रपुरको वडा नम्बर १० र ६ मा भाषा कक्षा सञ्चालनमा थियो । बालचनपुर स्थित तेली समाज धर्मशाला, चन्द्रनिगाहपुर स्थित ईभा खाजाघर र डाबरी जाने बाटोमा अनुमति नलिएरै चार वटा कक्षा सञ्चालित हुँदै आएका थिए ।
यसको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले चिनियाँ पर्यटकलाई नियन्त्रणमा लिएर सोधपुछ गरी कक्षा बन्द गराएका थिए । उनीहरुले बुधबारबाट सबै कक्षा बन्द गराएको डिएसपी राईले जानकारी दिए ।
चिनियाँ भाषाको कक्षा बन्द गराएपछि उनीहरुलाई चन्द्रनिगाहपुर छाड्न भनिएको थियो । अनुमति नलिएर भाषा कक्षा सञ्चालन भएकोमा नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले चासो देखाएका थिए ।
बालचनपुरको तेली समाज धर्मशालाभित्र दैनिक झण्डै २ सय बालबलिकाहरु चिनियाँ भाषा पढिरहेको देखिन्थे । उनीहरुलाई चिनियाँ पर्यटक एलीनले पढाउथिन् । पर्यटक भिसामा आएका उनीहरुसँग पढाउने अनुमति थिएन ।
निःशुल्क रुपमा भाषा कक्षा मात्र होइन, कक्षामा सहभागी बालबालिकाहरुलाई दैनिक प्रतिव्यक्ति ५० रुपैयाँ र शैक्षिक सामग्रीसमेत दिने गरेका थिए । भाषा कक्षामा सक्रिय विद्यार्थीलाई साइकल उपहारसमेत दिएका थिए ।