Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

सप्तरीमा आगलागीबाट लाखौँको क्षति, एक जना घाइते





जनकपुरधाम ।
सप्तरीको सप्तकोशी नगरपालिका ५मा गएराति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
स्थानीय सोम प्रसाद आचार्यले गाई गोठमा बालेको आगोबाट अचानक आगलागी भएको हुँदा तीन वटा घर जलेर नष्ट भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । गाई गोठ र सुत्ने कोठा जलेपछि १५ लाखको क्षति भएको उनले बताए ।
आगो निभाउने क्रममा सोमप्रसाद घाइते भएका छन् । उनको हात, खुट्टा र शरीरको केही भाग जलेपछि घाइते भएको प्रहरी प्रवक्ता बस्नेतले बताए । उनका अनुसार आगलागीबाट भैँसीको पाडा १ वटा र बाख्रा २ वटा समेत जलेको छ ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली, स्थानीयवासी र सशस्त्र प्रहरीको सहयोगमा आगलागी करिब १२ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।