Breaking 
भारतमा आतंककारी हमलामा नेपाली पनि मारिए, साउदीको भ्रमण छोट्याएर स्वदेश फर्किंदै मोदी | डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु | लखनउमाथि दिल्लीको रबाफ | आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा |

खानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा वीरगञ्जका मेयर नियुक्त





काठमाडौं ।

नेपाल खानेपानी संस्थान सञ्चालक समितिको सदस्यमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह नियुक्त भएका छन् ।

खानेपानीमन्त्री प्रदीप यादवले नगरप्रमुख सिंहलाई मन्त्रीस्तरीय निर्णयबाट खानेपानी संस्थान सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरेका हुन् ।

नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा १ (४) बमोजिम सिंहलाई समितिको सदस्यामा नियुक्त गरिएको खानेपानी मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए ।