Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महोत्तरीका दूई प्रदेश सांसद बीच आरोप–प्रत्यारोप, सांसद नुरुन नेशाको चेतावनी – जैनुल राइनलाई जुत्ताले हान्छु !

नुरुनका पति जमिल अख्तर शेषले रौजा मजारमा भइरहेको कामकाजको छानबीनको माँग गरे





सुजीतकुमार झा
जनकपुरधाम ।
मधेश प्रदेशका दूईजना मुस्लिम सांसद बिचको लडाइ अब संसद र संसद बाहिर पनि देख्न थालिएको छ । सांसद जैनुल राइनले सांसद नुरुन नेशाका पतिले १५ प्रतिशत कमिशन मांगेको आरोप लगाएको दूई दिन नबित्दै सांसद नेशाले चेतावनी दिदै भनिन् –जैनुल राइनलाई जुत्ताले हान्छु !
मोडेल खबरसँग कुरो गर्दै उनले भनिन् – मेरो पति १५ प्रतिशत मन्त्रालयको लागि माँगि रहेको छ त्यसको प्रमाण दिनुस नत्र म चुप लाग्दिन । जैनुलले समाजमा छबी खराब गर्न मेरो बिरुद्ध षडयन्त्र गरेको समेत आरोप लगाइन ।
नुरुनका पति जमिल अख्तर शेषले रौजा मजारमा भइरहेको कामकाजको छानबीनको माँग गरेका छन् । रौजा मजारका अध्यक्ष सांसद जैनुलका नातेदार छन् उहाँसँग मिलेर सांसदले अनियमितता गरेको उहाँले आरोप लगाउनु भयो ।
सांसद दम्पतिले सांसद जैनुलमाथि आधा दर्जन आरोप लगाउनु भएको छ । यो विवाद सभामुख कहाँ समेत पुगेका छन् । आरोप प्रत्यारोपसँग जोडिएर मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा सुन्न एवं हेर्न सकिन्छ । सांसद नेशा दम्पत्तिसँगको अन्तरवार्ता केहीबेरमा प्रशारण हुनेछ ।