

सुजीतकुमार झा
जनकपुरधाम ।
नेपाल मधेशी निजामती कर्मचारी मञ्चको केन्द्रिय अध्यक्षमा निर्वाचित हुने बितिकै लालबाबु यादवले कर्मचारीको सरुवाबढुवामा अनियमितता गर्नेलाई औला काटिदिन्छु चेतावनी दिनु भएको छ । मधेश प्रदेशका प्रमुख सचिव र सचिवलाई भनिसकेको छु मिलेर प्रदेशलाई बढाउनुस, कर्मचारीको मनोबल खसाउने कार्य कतैबाट हुनुहुँदैन उहाँले बताउनुभयो । औला कसको काटनुहुन्छ ? सरुवा प्रमुख सचिवले गर्नुहुन्छ उहाँलाई नै भनेको अध्यक्षले बताउनुभयो ।

मोडेल खबरसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष यादवले भन्नुभयो – नियम कानुनले प्रदेश चलाउनुस हाम्रो सहयोग रहन्छ तर बदमासी सहन हुँदैन । वनमै सिरहामा राम्रो काम भएको थियो तर त्यहाँका प्रमुखलाई सरुवा गरियो यस्ता दर्जनो घटना छन् जसले कर्मचारीलाई मनोबल तोडने काम भएको छ उहाँको कथन रहेको छ ।
सरुवाको नाउँमा कसैलाई कर्मचारीले पैसा दिनु हुँदैन उहाँले कर्मचारीहरुलाई आग्रह गर्नुभयो । सचिवहरु जहिलेपनि काजमा काठमाडौ जाने गर्छन तर टिएडिए मधेश प्रदेशबाट खाने गर्छन् यस्ता प्रवृतिको मेरो सधै विरोध रहन्छ एकप्रश्नको उत्तरमा उहाँले भन्नुभयो ।
नेपाल मधेशी निजामती कर्मचारी मञ्च भित्र महाधिवेशन अघि विवाद थियो तर अब केही छैन बताउँदै उहाँले भन्नुभयो – दूई तिहाइ भन्दा बढी कर्मचारी महाधिवेशनमा सहभागि थिए ।
अध्यक्ष लालबाबु यादवसँग विशेष कुराकानी मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabarमा हेर्न एवं सुन्न सकिन्छ । उहाँको अन्तरवार्ता केहीबेरमा प्रशारण हुनेछ ।

