Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि





जनकपुरधाम ।
नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कसैले चाहँदैमा गणतन्त्रको जग नहल्लिने बताएका छन् । उनले नेपाली जनताले अस्वीकृत गरिसकेको अवस्थामा गणतन्त्रको जग अब आएर कसैले चाहँदैमा हल्लाउन नसक्ने बताए ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो सीमा बुझ्न भन्दै चेतावनी दिए । पछिल्लो समय पूर्वराजा र राजावादीको सक्रियता बढेको भन्दै निधिले यस्तो चेतावनी दिएका हुन् ।
त्यस्तै उनले राजतन्त्र नफर्किने दाबी पनि गरे । जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नेपालमा राजतन्त्र फर्किन्छ भनेर प्रचार गरिएको भए पनि अब राजतन्त्र र राणातन्त्र फर्किन सम्भव नरहेको बताए ।
‘अरु देशमा राजतन्त्रको अन्त्य हुँदा राजाहरूको कस्तो दुर्गति भएको छ त्यो इतिहासमा प्रमाणीत छ,’ उनले भने, ’त्यसैले आफ्नो सीमालाई बुझ्नुप¥यो तत्कालीन राजाले । राजा अपदस्त भइसकेको मात्रै होइन, अस्वीकृत भइसकेको छ । नेपालमा राजतन्त्र समाप्त भइसकेको छ ।’
ज्ञानेन्द्र शाह नेपालको अन्तिम राजा भइसकेको उनको भनाइ छ । ’हाम्रै जिल्लाको डा. रामवरण यादव प्रथम राष्ट्रपति हो गणतन्त्रको । कसरी गणतन्त्र आएको हो त्यो बुझ्नुपर्छ । यसको जग बलियो छ, यो जगलाई कसैले हल्लाउन सक्दैन,’ उनले भने, ’नेपालमा राजतन्त्र फर्कियो, फर्कियो, फर्कियो, नेपालमा राजशाही आयो, आयो, आयो भन्छन् । सबै बोलिरहेका छन् । तर नेपालमा म भन्छु, नेपालमा राजतन्त्र, राणाशाही आउँदैन, आउँदैन, आउँदैन ।’