Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम





जनकपुरधाम ।
उच्च अदालत जनकपुरले मोडेल कलेजमा कानून संकायमा अध्ययनरत विद्यार्थीहरुसंग न्यायिक सम्वाद कार्यक्रम गरेको छ । अदालती प्रकृयाका साथै अदालतमा सर्वसाधारणको पहुँच लगायत विषयमा जानकारी गराउने अभिप्रायले मोडेल कलेजको बीएएलएलबीमा अध्ययनरत विद्यार्थी, कानून तर्फ नै कक्षा ११मा अध्ययनरत विद्यार्थी तथा मोडेल कलेजकै बीबीएस दोस्रो तथा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुसंग उच्च अदालत जनकपुरले न्यायिक सम्वाद कार्यक्रम गरेको हो ।
कार्यक्रममा उच्च अदालत जनकपुरका मुख्य न्यायाधिश श्रीकान्त पौडेलले अदालती प्रकृयाको विषयमा आमजनमा भ्रमका कारण भयको वातावरण रहेको बताए । उनले यो भ्रमलाई चिर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम उच्च अदालतले गर्दै आईरहेको समेत बताए । कार्यक्रममा अदालतले प्रवाह गर्ने सेवा, सेवा प्रवाहका प्रक्रिया एवं अदालतप्रति समुदायको जिज्ञासाबारे विद्यार्थीहरुले राखेका प्रश्नहरुको जवाफ मुख्यन्यायाधिश पौडेलले दिएका थिए ।
कार्यक्रममा मोडेल कलेजका संस्थापक वीरेन्द्र साह, उच्च अदालतका न्यायाधिश महेन्द्रनाथ उपाध्याय, रजिष्ट्रार प्रेम खडका, उपरजिष्ट्रार सुशिलकुमार यादव लगायतले बोलेका थिए ।
यस मोडेल कलेजका संस्थापक साहले उच्च अदालतका मुख्यन्यायाधिश पौडेल, न्यायधिश उपाध्याय, रजिष्ट्रार खडका सहितका पदाधिकारीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।