Breaking 
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर |

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन





काठमाडौं ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकको परिस्थिति अत्यन्तै जटिल अवस्थामा पुगेको बताएका छन् ।

शनिबार दाङ–काठमाडौं सम्पर्क समन्वय समितिको तेस्रो अधिवेशनलाई ललितपुरको गोदावरीमा सम्बोधन गर्ने क्रममा उनले अहिले देशमा राजावादी र दलहरूबीचमा द्वन्द्व चलिरहेको भन्दै यसलाई गम्भीर चुनौतीको रुपमा लिनुपर्ने बताए ।

उनले हिजोमात्रै राज्यको एउटा प्रमुख अंगका प्रमुखसँग कुरा गर्दा पनि अवस्था चुनौतीपूर्ण रहेको ब्रिफिङ पाएको जिकिर गरे ।

‘परिस्थिति जटिल छ । निकै जटिल छ । अस्ति एयरपोर्टमा राजाको स्वागतका लागि जम्मा भएका मान्छेको ताँती देख्नुभयो । राजावादी र पार्टीहरूको बीचमा ठूलो द्वन्द्व छ,’ महराले भने, ‘मैले केही दिनअघि हिजोमात्रै राज्यको एउटा प्रमुख अंगको प्रमुखसँग कुरा गरेँ । धेरै ठूलो गम्भीर चुनौती छ ।’

उनले देशभित्र मात्रै नभइ अन्तर्राष्ट्रिय परिस्थिति पनि सामान्य नभएको बताए ।

‘अब के गर्ने ? अन्तर्राष्ट्रिय स्थिति पनि जटिल छन् । भारत, अमेरिका र चीनले गम्भीर रुपमा नेपाललाई हेरिरहेका छन् । सामान्य रुपमा होइन,’ उनले भने ।

तर, सरकारमा रहेका दलहरू भने दैनिक लुटमा केन्द्रित रहेको उनको भनाइ थियो ।

‘सत्तामा रहेका पार्टीहरू एमाले र कांग्रेस दिनप्रतिदिन लुटमा केन्द्रित छन् । सरकारमा भएका पार्टीहरू कुनै सार्वजनिक कार्यक्रममा उत्रन सकेका छैनन् । यो जटिल परिस्थितिमा के हुन्छ भन्न सकिँदैन्,’ महराले भने ।

उनले जनतासँग जोडिएर जनताकै बीचबाट राजनीतिक निकास खोज्नुपर्ने पनि बताए ।

‘हामी जनतासँग जोडिनुपर्छ । जनताकै बीचबाट राजनीतिको निकास खोजिनुपर्छ । अरु विदेशी ताकतहरूको बीचबाट खोज्न हुँदैन,’ महराले भने ।

फरक प्रसंगमा पछिल्लो पटक आफ्नो पार्टीले चलाएको अभियानका कारण पार्टीमा आकर्षण बढेको महराको दाबी छ ।

‘पार्टीमा आकर्षण बढेको छ । तर संगठित हुन अझै बाँकी छ । संगठित किन हुँदैन भने पार्टीभित्र एकतावद्ध हुन जरुरी छ । एकताको निमित्त नेताको केन्द्रीकरण हुन अहिले पनि आवश्यक छ,’ महराले भने ।

कार्यक्रममा माओवादी केन्द्र स्थायी समिति सदस्य रेखा शर्मा, यशाेदा गुरुङ, राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, प्रतिनिधि सभा सदस्य नारायणी शर्मा, माओवादी क्न्द्रका नेता हेमराज शर्मा डायमण्ड लगायतको उपस्थिति थियो ।

अधिवेशनले निमेष कुमार ओलीको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।