Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा





गोरखा ।

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार गोरखास्थित गोरखकाली र गोरखनाथको पूजाआजा गरेका छन्। शनिबार बिहान १० बजे गोरखा पुगेका उनले राजदरबारका कुलदेवता भनेर चिनिने गोरखकाली र गोरखनाथको पूजाआजा गरेका हुन्।

बिहान १० बजेदेखि १२ बजे दुईघण्टासम्म पूजाआजा गरी दिउँसो १ बजे गोरखाबाट फर्किसकेका छन्।

शुक्रबार साँझ चितवन, कुरिनटारको रिभरसाइड रिसोर्टमा बसेर शनिबार बिहान ९ बजे आँबुखैरेनी आइपुगेका उनलाई राजावादी व्यक्ति, संस्था तथा पार्टीहरूले स्वागत र मोटरसाइकल र्‍याली गरी १० बजे गोरखा लगेका थिए।

पूजाआजा सकेपछि दिउसो १ बजे उनले गोरखाको ठूलोआँगन र सङ्ग्रहालयमा स्थानीयबासीको भेटघाट तथा स्वागत ग्रहण गरेका थिए ।

शाह बा २१ च ७३१८ नंबरको गाडीमा पृथ्वीराजमार्ग हुँदै गोरखा आएका हुन्। शनिबार चैत्रकृष्ण अष्टमी तथा गोरखकाली पूजा पर्व रहेको थियो।

सोही अवसर पारेर पूर्वराजा शनिबार जिल्ला आएका हुन्। उनी शनिबार अपराह्न चितवन, कुरिनटारस्थित सोही रिसोर्टमा फर्किएका छन्।

आइतबार बिहान गोरखास्थित अर्को प्रसिद्ध मनकामना मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

पूर्वराजाको भ्रमणको आन्तरिक व्यवस्थापन गर्न गोरखामा १५१ सदस्यीय नागरिक समाज गठन गरिएको थियो। राजावादीको सञ्जालबाट भगवानदास मल्लको नेतृत्वमा स्वागत समिति गठन गरिएको थियो।

 

 

पछिल्लो समय राजावादीहरू सक्रिय हुँदा गणतन्त्रवादी भनिनेहरू भने राजावादीको विरोधमा सडकदेखि संसद्‌सम्म अभिव्यक्ति दिइरहेका छन्।

पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन दिएको अभिव्यक्ति र त्यसपछि यता राजावादीहरूको सक्रियतालाई लिएर गणतन्त्रवादीहरू झस्किएका हुन्।  त्यसदिन पूर्वराजाले देशको अवस्था टुलुटुलु हेरेर नबस्ने र आफूलाई साथ दिन भन्दै जनतासमक्ष आह्वान गरेका थिए।