Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

यी किशोरीले १६ लाख पाउन्डमा बेचिन् आफ्नो कौमार्य





लन्डन ।

‘अहँ, मलाई कुनै पछुतो छैन ।’ १६ लाख पाउन्डमा हलिउड स्टारलाई आफ्नो कौमार्य बेचेको २२ वर्षकी बेलायती विद्यार्थी लौराले बताएकी छन् । म्यानचेस्टरकी लौराले २०२३ को डिसेम्बरमा ‘सिन्ड्रेला स्कोर्ट्स’ नाम गरेको एजेन्सीमार्फत आफ्नो कुमारीत्व बेच्ने सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।

बढाबढ समारोहमा उनी स्वयम् पनि उपस्थित थिइन् । राजनीतिज्ञ र व्यापारिक घरानाका मानिसहरू कयौँ चर्चित व्यक्तिहरू सामेल भएको सो बढाबढमा हलिउडका चर्चित स्टारले सबैभन्दा धेरै १६ लाख पाउन्डको बोली लगाएको बताइएको छ ।  केटीहरूले त्यत्तिकै आफ्नो कुमारीत्व गुमाउने गरेकोमा उनले अफसोच व्यक्त गरिन् ।

आफूले यसलाई आफ्नो फाइदाका लागि प्रयोग गरेको अनि आफ्नो यो निर्णयमा कुनै पछुतो नभएको उनले बताइन् । यो पैसा लौराले आफ्नो करियर लक्ष्यहरू पूरा गर्न प्रयोग गर्न चाहेकी छिन् । आफ्ना लागि ‘सुगर ड्याडी’ खोज्न पनि उनले रुचि देखाएकी छिन् । यस निर्णयलाई लौराले आफ्नो करियरलाई दिशा दिने सही तरिका मानेकी छिन् ।

सम्झौता पछि लौराले खरिदकर्ताको उपस्थितिमा आफ्नो कुमारीत्व पुष्टि गर्न मेडिकल पनि गराइन् । सम्पूर्ण प्रक्रिया गोप्यताका साथ गरिएको थियो । एजेन्सीले दुवै पक्षलाई गोप्य राखेको छ । रूढिवादी संस्कृतिमा कुमारीत्वलाई लामो समयदेखि शुद्धताको प्रतीक मानिन्छ । लौराको निर्णयले कुमारीत्वको व्यवसायीकरण र सामाजिक दृष्टिकोणमा परिवर्तनको बारेमा बहस सुरु गरेको छ ।