Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एसईईमा खटेका धनुषामा १ सहायक केन्द्राध्यक्ष र ३ निरिक्षक निष्कासित

१ परीक्षार्थीको परीक्षा रद्द, ५ केन्द्राध्यक्षलाई सोधियो स्पष्टीकरण





जनकपुरधाम ।
बिहिबारबाट शुरु भएको एसईईको परीक्षामा चिट चोराउने कार्यमा संलग्न रहेको भन्दै धनुषामा १ सहायक केन्द्राध्यक्ष र ३ निरिक्षकलाई निष्कासित गरिएको छ ।
एसईईको पहिलो दिनकै परीक्षामा धनुषाको नगराइन नगरपालिकास्थित गिरिजा मा.वि.केन्द्रका सहायक केन्द्राध्यक्ष तथा ३ जना निरिक्षकलाई चिट चोराउने कार्यमा संलग्न रहेको भन्दै निष्कासित गरिएको शिक्षा समन्वय ईकाई धनुषाले जनाएको छ ।
त्यस्तै जनकपुरधामको सकल भवन कन्या मा.वि., किसानपुर मा.वि, नगराइनको राजेश्वर निधि मा.वि., बरकुर्वा मा.वि. र सिमराढी मा.वि.केन्द्रका केन्द्राध्यक्षहरुलाई स्पष्टीकरण सोधिएको जनाइएको छ ।
जिल्ला शिक्षा समन्वय ईकाई धनुषाका अनुसार एक जना परीक्षार्थीको परीक्षा समेत रद्द गरिएको छ ।