

जनकपुरधाम ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)देखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा पाँच लाख विद्यार्थी सहभागी भएका छन् ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुदैछ । परीक्षा १९ गतेसम्म सञ्चालन भएको छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति जना परीक्षामा सहभागी हुने छन् भन्ने यकिन छैन ।
परीक्षा सञ्चालनका लागि मुलुकभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्याइसकिएको छ ।
मधेश प्रदेशमा परीक्षामा कूल ८८ हजार ८५८ परीक्षार्थी सहभागी हुनेछन् । यसका लागि प्रदेशभरका ३१२ परीक्षा केन्द्रमा १२ हजार २४२ कर्मचारी तथा सुरक्षाकर्मीहरूको व्यवस्था गरिएको छ ।
यसपटकको एसईई परीक्षा व्यवस्थापनमा सुरक्षामा विशेष ध्यान दिइएको छ । प्रत्येक परीक्षा केन्द्रमा सुरक्षाकर्मीहरूको पर्याप्त व्यवस्था गरिएको छ । परीक्षाको निष्पक्षता सुनिश्चित गर्न निरीक्षक र अन्य कर्मचारीहरूको कडा निगरानी राखिनेछ । सुरक्षाकर्मीहरूको कुल संख्या ४,६८० रहेको छ ।
उनीहरुले परीक्षास्थलहरूको सुरक्षा र शान्तिपूर्ण सञ्चालनमा महत्वपूर्ण भूमिका निभाउने छन् ।
