Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बिहिबारबाट एसईई परीक्षा शुरु हुँदै, मधेसमा ३१२ परीक्षा केन्द्र

८८ हजार बढी परीक्षार्थी सहभागी हुँदै





जनकपुरधाम ।
चैत ७ गते बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ का लागि मधेश प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ ।
परीक्षामा कूल ८८ हजार ८५८ परीक्षार्थी सहभागी हुनेछन् । यसका लागि प्रदेशभरका ३१२ परीक्षा केन्द्रमा १२ हजार २४२ कर्मचारी तथा सुरक्षाकर्मीहरूको व्यवस्था गरिएको छ ।
यसपटकको एसईई परीक्षा व्यवस्थापनमा सुरक्षामा विशेष ध्यान दिइएको छ । प्रत्येक परीक्षा केन्द्रमा सुरक्षाकर्मीहरूको पर्याप्त व्यवस्था गरिएको छ । परीक्षाको निष्पक्षता सुनिश्चित गर्न निरीक्षक र अन्य कर्मचारीहरूको कडा निगरानी राखिनेछ । सुरक्षाकर्मीहरूको कुल संख्या ४,६८० रहेको छ ।
उनीहरुले परीक्षास्थलहरूको सुरक्षा र शान्तिपूर्ण सञ्चालनमा महत्वपूर्ण भूमिका निभाउने छन् । यस वर्षको एसईई परीक्षा सञ्चालनमा कुनै असुविधा नहोस् भन्ने उद्देश्यले समस्त व्यवस्थापनका कार्यहरू पूर्ण भएका छन् । परीक्षा केन्द्रहरूमा छात्र–छात्राहरूको सुविधा र परीक्षा वातावरणलाई सुधार गर्न विभिन्न तयारीहरू गरिएको छ ।