Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राष्ट्रिय परीक्षा बोर्ड भन्छः एसईईमा प्रदेशले हस्तक्षेप गर्न मिल्दैन





काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगर्न सबैलाई आग्रह गरेको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिहीबारदेखि सुरु हुने एसईई परीक्षामा प्रदेश सरकार सहभागी नहुने जनाएपछि बोर्डले आन्तरिक रूपमा उठेका बिषय मिलाएर परीक्षा सञ्चालनमा कुनै पनि प्रकारको अवरोध नगर्न आग्रह गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रदेश सरकारले गरेका निर्णयमा बोर्डले हस्तक्षेप गर्न नमिल्ने तर परीक्षा सञ्चालनमा अवरोध गर्न नहुने बताएका हुन् ।
अध्यक्ष शर्माले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र जिल्ला परीक्षा समन्वय समितिले छलफल गरेर यो विषय छिटो मिलाउनुपर्नेमा पनि जोड दिए । उनले भने, ‘परीक्षालाई मार्यादित बनाउन बोर्ड लागिरहेको छ । परीक्षा रोक्ने र नराम्रो बनाउने मनसाय मुख्यमन्त्रीको पनि होइन होला । तर, सबै पक्षको सहयोग भए मात्र परीक्षा सफल र मर्यादित बनाउन सकिन्छ ।’
मधेस प्रदेश सरकारले फागुन २६ गते एसईईलाई मर्यादित तथा व्यवस्थित बनाउन परीक्षामा खटिने केन्द्राध्यक्ष गोलाप्रथाबाट छनोट गर्नुपर्ने निर्णय गरेको थियो । तर, जिल्ला परीक्षा समन्वय समितिले निर्णय कार्यावन्यन नगरेको भन्दै मंगलबार मुख्यमन्त्री सिंहले जनकपुरमा पत्रकार सम्मेलन गर्नै एसईई परीक्षामा प्रदेश सरकार सहभागी नहुने बताएका थिए ।