Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शैक्षिक संस्थाद्वारा विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा जनकपुरधाम उपमहानगर गम्भिर

संस्थागत विद्यालयलाई २०८२ को शुल्क प्रस्ताव १५ दिन भित्र पठाउन पत्र काट्यो





जनकपुरधाम ।
शैक्षिक संस्थानद्वारा विद्यार्थीहरुसँग लिइने शुल्क विषयलाई लिएर शैक्षिक सत्र शुरु हुनु भन्दा पूर्व नै जनकपुरधाम उपमहानगरपालिका गम्भीर देखिएको छ । संस्थागत विद्यालयलाई २०८२ को शुल्क प्रस्ताव १५ दिन भित्र पठाउन आज उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्रलाल कर्णले विभिन्न विद्यालयको नाउँमा पत्र काटी शुल्कको प्रस्ताव विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराइ १५ दिन भित्र पेश गर्न आग्रह गरेका छन् ।
संस्थागत विद्यालयहरु विद्यार्थीहरुसँग चर्को पैसा असुली गरिरहेको आरोप लागिरहेको बेला शुल्कको व्यवस्थापन गर्न यसप्रकारको पत्र पठाइएको नगरपालिकाका एकजना अधिकारीले जनाएका छन् ।