Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

काठमाडौ विश्वविद्यालयको उपकुलपतिमा डा अच्युत वाग्ले





काठमाडौ ।

काठमाडौ विश्वविद्यालयको उपकुलपतिमा डा अच्युत वाग्ले नियुक्त भएका छन्।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वाग्लेलाई नियुक्त गरेका हुन्।

प्रधानमन्त्री कार्यालयबाट भर्खरै नियुक्तिपत्र प्राप्त गरेको डा वाग्लेले पुष्टि गरे।

गत माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए।

यसअघि उनी विश्वविद्यालयको रजिस्ट्रार थिए। २०७९ असोज २ गते उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रजिस्ट्रार नियुक्त गरेका थिए।

विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि पूर्वउपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको थियो। समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा अर्जुन कार्की र पूर्वसचिव जर्नादन नेपाल सदस्य थिए।

अर्थशास्त्रका प्राध्यापक वाग्लेसँग केयूको स्कुल अफ म्यानेजमेन्ट (कुसोम)को एसोसियट डिन तथा व्यवस्थापन विज्ञान विभागको प्रमुखका रुपमा काम गरेको अनुभव छ ।

उनले भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी कानपुर (आईआईटी कानपुर) बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । बेलायतबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका वाग्लेसँग प्रधानमन्त्रीको सल्लाहकार तथा नेपाल राष्ट्र बैंकको गभर्नरको सल्लाहकारसमेत भएर काम गरेको अनुभव छ ।

उनले विश्वविद्यालयमा इकोनोमेट्रिक्स, व्यावसायिक वातावरण लगायतका विषय अध्यापन गराउने गरेका छन् ।