Breaking 
लखनउमाथि दिल्लीको रबाफ | आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो |

होलीमा भाङको कनेक्सन





 सुजीतकुमार झा
होली धुमधामसँग मनाइदै छ । होलीमा रङसँगै जोडिएर आउने अर्को खाद्य पदार्थ हो– भाङ । होलीसंगै भाङको निकै चर्चा यसपाली रहेको छ ।
जनकपुरधाम सहित तराईका हरेक चोक होलीको रङमा रङ्गिएका छन् चोकचोकमा भाङ बनाउनेहरू पनि निकै देखिएका छन् ।
होलीमा भाङको विशेष महत्व हुने जनकपुरधाम– ४ का कुशेश्वर झा बताउँछन् । होली र भाङको सम्बन्ध पुरानो रहेको उनको भनाइ छ । हरेक वर्षको होलीमा मिथिलावासी भन्छन– ‘होलीमा भाङ सेवन गर्नुभएन भने तपाईं होलीलाई अपमान गरिरहनुभएको छ ।’
भाङलाई हिन्दू संस्कृतिकै एउटा भाग मानिएको छ । यस कारण होलीका दिन मानिसहरू आफ्नो घरमा भाङको गोली र पकवान बनाउँछन् र लस्सीमा मिलाएर सेवन गर्छन् ।
होलीमा घरमा आउने जोकोहीलाई मालपुवा, मासु र भाङले स्वागत गर्ने गरेको समाजसेवी अमरचन्द्र अनिल बताउँछन् । आफूपनि एक लिटर भाङ को लस्सी खाएको उनले वताए । घरघरमा गएर होली खेल्ने मिथिलामा परम्परा छ । रङ आदानप्रदान हुने र परिकार पनि खुवाउने परम्परा रहेको सांस्कृतिविद् पुनम झाले बताइन् ।
अथर्व वेदमा पवित्र मानिएका ५ वटा बोट (पौधा)मध्ये भाङ पनि एक हो । भनिन्छ, भाङको पातमा देवताको निवास हुने गर्छ । अथर्व वेदमा यसलाई प्रसन्नता दिने र मुक्तिकारी पौधाको श्रेणीमा राखिएको छ । आयुर्वेदका अनुसार भाङको पौधामा औषधीय गुण छ । यसैकारण कुनै भोज होस वा उत्सव हामी भाङ खाने गरेको जनकपुरधाम ६ का महेश दासले वताए ।
होली बाहेकको बेलापनि जनकपुरधामको विद्यापति चोक, देवी चोक, विश्वकर्मा चोक, रामानन्द चोक लगायतको स्थानमा निकै भाङ को विक्री हुने गरेको छ । ग्रामीण क्षेत्रमा पनि यसको पसलहरु रहेका छन । कतिले आफ्नै घरमा पनि भाङ बनाएर खाने गर्छन ।
शिवको प्रसाद
भाङ, धतुरो, गाँजालाई भगवान् शिवको प्रसाद मानिन्छ । यही कारणले शिवभक्तहरूले यी चिजको प्रयोग गर्ने गरेको तर्क गर्छन् ।
कथाअनुसार देवता र दैत्य मिलेर अमृतका लागि समुद्र मन्थन गरिरहेका थिए । उक्त समुद्र मन्थनमा अमृतका साथसाथ विष पनि निस्किइरहेको थियो ।
पवित्र अमृतलाई त भगवान् विष्णुले अत्यन्तै सुन्दर स्त्रीको रूप धारण गरेर लानुभयो । त्यसपछि बाँकी रह्यो विष । यो विष निकै घातक थियो । त्यसको १ थोपाले पनि पृथ्वीमा ठूलो हानि र्पुयाउन सक्थ्यो ।
सृष्टिका लागि विनाशकारी सावित हुन सक्थ्यो । त्यो विषलाई यत्तिकै छोड्न मिल्दैनथ्यो । अब समस्या पर्न गयो कि त्यो विष कसले पिउने ? यसपछि सबै देवताले भगवान् शिवलाई अनुरोध गर्नुभयो ।
सबै देवीदेवताले शिव भगवानलाई यो विष धारण गर्न आग्रह गरे किनकि भगवान् शिवले मात्र त्यो विषको प्रकोपलाई सहन गर्ने सामथ्र्य राख्नुहुन्थ्यो । सबै देवताको अनुरोध र संसारको कल्याणका लागि भगवान् शिवले उक्त विष पिउनुभयो ।
कथामा अगाडि भनिएको छ– शिव भगवानले विष पिउनासाथ उनको गलालाई शिवपत्नी पार्वतीले पक्रनुभयो । विष भगवान् शिवको शरीरभित्र पस्न पाएन । विष भगवान् शिवको गलामा रोकियो, जसका कारण शिव भगवानलाई नीलकण्ठ भन्ने गरिन्छ ।
विष पिउनाले भगवान् शिवको स्थिति बिग्रिन लाग्यो र भगवान् शिव अचेत हुन लाग्नुभयो, तब त्यसको प्रभाव शान्त गर्नका लागि भगवान् शिवलाई भाङ, धतुरो, गाँजा, दूध तथा जल अर्पण गरियो ।
भगवान् शिवलाई भाङ, धतुरो चढाउने परम्परा भगवान् शिवको पूजा तथा अभिषेकको एक हिस्सा बनेको हो । तर, अर्को अर्थमा भाङ र धतुरो नशायुक्त पदार्थ हुन् । भगवान् शिवलाई भाङ, धतुरो चढाउनुको अर्थ हो– आफ्नो खराबी भगवानलाई समर्पित गर्नु या आफ्ना नराम्रो बानी र खराबीलाई त्याग्नु । यसैलाई शिवको सही अर्थमा आराधना गरिएको मान्ने जानकारहरू बताउँछन् ।
मिथिलामा भाङसँग जोडिएको अर्को कथा चर्चित रहेको छ । एक पटक भगवान् भोलेनाथले परिवारमा भएको झगडाका कारण घर छाडिदिए । रिसाएर एक दिन खुला आकाशमा एउटा खेतमा बिताए । बिहान उठ्दा उनलाई निकै भोक लागेको थियो ।
उनले खेतमै रहेको भाङको पातलाई चुँडेर खाइहाले । भाङको पात खाँदा भगवान शिवले आफूलाई चुस्त पाए । तरोताजा महसुस गर्न थाले ।

पछि पार्वतीले नै यो कुरो कैलाशमा धेरैलाई बताइन् । एक कान दुई कान हुँदै धेरै ठाउँमा पुग्यो यो कुरा । यसपछि भगवान भोलेनाथलाई भाङ चढाउन थालियो । हामी शिवको पूजा गर्दा धतुरो, भाङ र बेलपात चढाउँछौ नै धार्मिक जानकार पण्डित दिगम्वर झा ‘दिनमणि’ले बताए ।