

जनकपुरधाम ।
नेपाल–भारत खुला सीमा सम्वाद समूह र क्लोथ बैंक नेपाल धनुषाको आयोजनामा मिथिला मध्यमा परिक्रमा अवधीभर हेल्प डेस्कको आयोजना गरेको थियो । परिक्रमामा सहभागी श्रद्धालुहरुलाई पर्न जाने स्वास्थ्य लगायतका समस्या समधान गर्ने उद्देश्यले संचालित सो हेल्प डेस्कबाट हजारौँ श्रद्धालुहरुले लाभ उठाएका छन् ।
हेल्प डेस्कबाट प्राथमिक उपचार, पानी, हराएका यात्रुहरूको खोजी तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइएको नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाले बताए । परिक्रमामा सहभागी श्रद्धालुहरुको सहजता सुनिश्चित गर्ने अभिप्रायले आफूहरुले हेल्प डेस्कको आयोजना गरेको र आज अन्तगृह परिक्रमा संगै हेल्प डेस्क संचालन समापन गरिएको झाले जानकारी दिए ।
नेपाल भारत खुला सीमा सम्वाद समूहले आयोजना गरेको यो हेल्प डेस्कको आयोजनाले आफूहरुले लाभ उठाएको परिक्रमामा सहभागी श्रद्धालुहरुले समेत बताए ।

