Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारत र चीनबाट १६ करोडको रङ आयात, अधिकांश खपत होलीमा





काठमाडौं ।

साथीभाइ, इष्टमित्र र सहकर्मीहरूबीच एकापसमा रङ दलेर खुसी साटासाट गर्ने  होली पर्व  मनाइदैछ ।

होली रङहरूको पर्व भएकाले विभिन्न थरी रङविना होली कल्पना बाहिरको हुन्छ । होलीमा लाखौं किलो परिमाण बराबरको रङ प्रयोग हुने गरेको पाइन्छ ।

सरकारी तथ्यांक केलाएर हेर्दा चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना अवधिमा भारत र चीनबाट १५ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको रङ नेपाल भित्रिएको छ । यो भनेको १३ लाख ३९ हजार ५३ किलो बराबर परिमाण हो ।

भन्सार विभागको पछिल्लो तथ्यांक हेर्दा गत सात महिनामा दक्षिणी छिमेकी भारतबाट सबैभन्दा धेरै रङ आयात भएको दृखिन्छ । भारतबाट उक्त अवधिमा १५ करोड ८८ लाख ३ हजार रुपैयाँ बराबरको १३ लाख ३८ हजार २ सय ९२ किलो रङ आयात भएको देखिन्छ । यसरी आयात भएको रङको अधिकांश परिमाण होलीमा खपत हुने गरेको छ । त्यसबाहेक दसैं, तिहार अन्य चाडपर्वमा पनि खपत हुने गर्छ ।

नेपालमा भारतपछि उत्तरी छिमेकी चीनबाट धेरै रङ आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । चीनबाट पछिल्लो सात महिनामा १ लाख ५७ हजार रुपैयाँ बराबरको ७ सय ६१ किलो रङ आयात भएको छ ।

त्यसैगरी अस्ट्रेलिया, युनाइटेड अबर इमिरेट्स (यूएई), फ्रान्स, मेक्सिको, जर्मनी लगायत देशबाट पनि नेपालमा रङ आयात हुने गरेको पाइन्छ ।