Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बंगलादेशी अलराउण्डर महमुदुल्लाहले लिए एकदिवसी क्रिकेटबाट सन्यास





एजेन्सी ।
बंगलादेशी क्रिकेट टोलीका प्रभावशाली अलराउण्डर महमुदुल्लाहले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३९ वर्षीय महमुदुल्लाह बंगलादेशका लागि १० हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने खेलाडी हुन् ।
महमुदुल्लाहले हालै पाकिस्तानमा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको नवौं संस्करण पनि खेलेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफूले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जानकारी सार्वजनिक गरेका हुन् ।
महमुदुल्लाहले टेस्ट र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट भने यसअघि नै सन्यास लिईसकेका थिए । उनले टेस्ट क्रिकेटबाट सन् २०२१ मा र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०२४ मा सन्यासको घोषणा गरेका थिए ।
महमुदुल्लाह बंगलादेशका लागि चौथो सर्वाधिक अन्तर्राष्ट्रिय रन बनाउने व्याट्सम्यान हुन् । बंगलादेशका लागि उनीभन्दा बढी अन्तर्राष्ट्रिय रन मुशफिकुर रहिम, शाकिब अल हसन र तमिम इकवालले मात्र बनाएका छन् ।