Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मिथिला मध्यमा परिक्रमा सम्पन्न, शुक्रबार अन्तगृह परिक्रमा हुने





जनकपुरधाम ।
विश्वकै सबैभन्दा लामो धार्मिक पद यात्रा मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरु जनकपुरधाम फर्किएसंगै मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ । लामो दूरीको धार्मिक पदयात्रा मिथिला मध्यमा परिक्रमामा सहभागीहरू बिहिबार जनकपुरधाम फर्किएसंगै मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको हो ।

धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कचुरीबाट निस्किएको मिथिला बिहारीको डोला र जनकपुरधामबाट किशोरीजीको डोलासहित सुरु भएको परिक्रमा नेपाल–भारतका विभिन्न स्थानको परिक्रमाको डोला जनकपुरधाम फर्केको छ ।
बिसौलमा विश्राम गरेको परिक्रमाका सहभागी श्रद्धालुहरू कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुरधाम पुगेका हुन् । जनकपुरधाम आएपछि परिक्रमाका सहभागी श्रद्धालुहरूले शुक्रबार अन्तगृह परिक्रमा गर्नेछन् । अन्तगृह परिक्रमासँगै मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक पदयात्रा सम्पन्न हुनेछ ।
मिथिला मध्यमा परिक्रमामा नेपालको १०७ किलोमिटर र भारतको २६ गरी कुल १३३ किलोमिटर दूरी तय गरिएको छ । अन्तगृह परिक्रमा गरेपछि त्यसको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ ।