Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चिकित्सा शिक्षा आयोगले निकाल्यो वार्षिक क्यालेन्डर





 काठमाडौं ।

चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक वर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । आयोगले स्नातक, स्नातकोत्तर, स्पेसियालिटी र डिएम, एमसिएच एवम् सवस्पेसियालिटी तहको प्रवेश परीक्षाका लागि वार्षिक शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

शैक्षिक वर्ष २०८२-२०८३ को क्यालेन्डर अनुसार स्नातक तहको प्रवेश परीक्षका लागि आयोगले २०८२  साउन दोस्रो साता आवेदन खोल्नेछ । असोज पहिलो साता एकीकृत प्रवेश परीक्षा सञ्चालन हुने आयोगले जानकारी दिएको छ । म्याचिङ सकेर पुसको चौथो सातामा कक्षा प्रारम्भ हुनेछ ।

स्नातकोत्तर तह(पीजी)को एकीकृत परीक्षाका लागि २०८२ मंसिर पहिलो साता फारम खुल्नेछ र माघ दोस्रो साता प्रवेश परीक्षा हुनेछ । २०८३ वैशाख पहिलो साता पीजीको कक्षा प्रारम्भ हुने आयोगले जनाएको छ ।

डिएम/एमसिएच एवम् सवस्पेसियालिटीका लागि असार दोस्रो साता आवेदन खुल्ने, साउन दोस्रो साता प्रवेश परीक्षा हुने र कार्तिक पहिलो साता कक्षा प्रारम्भ हुनेछ ।