Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मृत्युभोज संग संगै फलफूलको बिरुवा वितरण





सुजीतकुमार झा
जनकपुरधाम ।
आफ्ना आमाको शुद्धिभोजमा एकजना वनकर्मीले भोजपछि फलफूलको विरुवा वितरण गरेका छन् । डिभिजन वन कार्यालय महोत्तरीमा अधिकृत रहेका बेचुकुमार मिश्रको आमाको मंगलवार द्वादसा रहेको थियो । सनातन परम्परामा शुद्धिभोजको क्रममा एकदशा र द्वादसाका दिन महापात्र, ब्राह्मण र इष्टमित्रलाई भोज खुवाउने चलन रहेको छ ।
भोज खान आएकाहरुलाई आँपको बिरुवा वितरण गरिएको जानकारी अधिकृत मिश्रले दिएका छन् । ३ सय ५० वटा विरुवा वितरण भएको छ । वृक्षारोपणप्रति जागरुकता फैलाउन यसप्रकारको कार्यक्रम थपिएको जानकारी प्रदेश वन निर्देशनालयका अधिकृत सुरेश शर्माले दिएका छन् । बृक्षमानवका रुपमा चर्चित रहेका शर्माकै सुझाबमा मिश्रले यसप्रकारको कार्यक्रम थपेका छन् ।
महोत्तरीको एकडारा गाउँपालिका हलखोरी निवासी बेचु कुमार मिश्रले ८५ बर्षिया आमा राजवती देवीको डेढ साता अघि निधन भएको थियो । निधन पश्चात क्रियाकर्म र भोजको सम्बन्धमा नातेदार र साथीहरुसँग सल्लाह लिदा बृक्षमानवले यस्ता सल्लाह दिएका थिए ।
रुख–बिरुवामा नै हामी सम्पूर्ण रुपले आश्रित छौं । चाहे पल–पल लिने अक्सिजनको कुरा गरौं, वा दैनिक खाँचो टार्न घाँस–दाउराकै । रुख–बिरुवा हाम्रो प्राणको अभिन्न स्रोत हो, जसलाई अलग गर्न साथ हाम्रो अस्तित्व नै धरापमा पर्छ । त्यसबाहेक चराचुरंगी, जीवजन्तु, किराफट्यांग्रा सबैलाई सुरक्षित आश्रय दिने पनि रुख–विरुवा नै हुन् । सुक्ष्म जीवाणुदेखि झारपातसम्मलाई संरक्षण गर्ने रुख–विरुवा नै हुन् । जैविक विविधतालाई आफुभित्र समेटेर बाँचेको रुख–विरुवाले नै समग्र पर्यावरणलाई सन्तुलनमा राख्ने भूमिका खेलिरहेको छ । भूक्षय रोक्नदेखि पानीको स्रोत सुरक्षित गर्नसम्म यसको भूमिका छ ।
अहिले सो वृक्षवितरण कार्यको चारैतिर प्रशंसा भइरहेको छ । स्थानीय उमेश पाण्डेले भन्नुभयो – यस्तो नेक कार्यले समाजलाई एउटा सही दिशानिर्देश गरेको छ र सराहनीय छ ।
हाम्रो प्राचीन शास्त्रहरुमा समेत वनस्पती एवं बोट बिरुवा रोप्नुलाई ‘धर्म’ एवं ‘पूण्य’को काम भनिएको छ । शास्त्र अनुसार पिपल, नीम, बेल, अमला एवं आँपको रुख रोपेमा पूण्य प्राप्त हुने बताइएको छ । प्रचीन शास्त्रहरुमा यी सबै किसिमको वृक्षहरुको महत्वको विवेचना गरिएको छ ।
वृक्षमानव शर्माले पर्यावरण संरक्षणको कार्य ईश्वरको पूजा हो, समाजले यसप्रकार प्रकृति संरक्षणको कार्यलाई अपनाउन थाले समाजिक परम्परा बन्नथाल्छ बताउनुभयो । सुखदुःख आपसमा अन्योनाश्रीत सम्बन्ध हुन्छ र यस्ता हरेक उत्सव र स्मृतिमा वृक्षारोपण हुनथाले आत्माले शान्ति प्राप्त गर्नुका अतिरिक्त जलवायु परिवर्तनको असरबारे जनस्तरबाट यस्ता सवाललाई सम्बोधन गर्न सजिलो हुन्छ ।
भोज भण्डारा परम्परा हो त्यसलाई कायम राख्दै फलफूलका बिरुवा लगाउँदा बर्षौ बर्षसम्म याद रहन्छ । यसको छायामा बस्दा, फल खाँदा होस वा यसको हाँगामा चराचुरुङ्गी बस्दा, गुँड लगाउँदा वा जनजनले प्राणवायु अक्सिजन प्राप्ति गर्दा ठूलो परोपकारी काम हुन्छ र यो पनि उच्चकोटीको श्राद्ध हुन्छ । यसले गर्दा पितृको आत्मा प्रसन्न भइ सन्तानलाई आशिर्वाद दिंदा सन्तानको पनि जय हुन्छ । सामाजिक स्तरमै यस्तो कार्यलाई सवैले ग्रहण गर्नुपर्ने शर्माको कथन रहेको छ ।
रुख–बिरुवा, वन–जंगल, पशुपंक्षी, किरा–फट्यांग्रा, माटो, पानी, हावादेखि हाम्रो आँखाले देख्न नसिकने सुक्ष्म जीवाणुहरु छन् र मानव जीवन अस्तित्वमा छ । यीमध्ये कुनैपनि एउटा चिजको अनुपस्थितिमा पूरा पर्यवरण सन्तुलन नै बिग्रन्छ । त्यसपछि न प्राण रहन्छ, न प्राणी ।
हाम्रा पूर्खाहरुले यो कुरालाई निकै गहन र मिहिन ढंगले अनुभूत गरेका थिए । त्यसैले उनीहरुले प्रकृतिलाई पूज्दै आए । प्रकृतिलाई नै ‘देउता’ माने, जो दृश्य÷अदृश्य रुपमा सर्वत्र छाएका छन् । बोट–बिरुवा, वनजंगल, हावा, पानीदेखि चराचुरुंगी, सर्पसम्म मानव जीवनका अभिन्न सहयात्री हुन् भन्ने बोध गरेर यिनीहरुको पूजा गर्ने र संरक्षण गर्ने विधि अपनाए ।
रुख रोप्नुलाई ‘पूण्यको काम’ भनी सामाजिक संस्कारको विकास गरे । त्यही अनुसार पूर्खाहरुले दैनिक उपभोग (घाँस, दाउरा, काठ) आदिका लागि मात्र नभई पर्यावरणका हिसाबले पनि रुख–बिरुवा लगाउने र संरक्षण गर्ने थीति बसाले ।
त्यसैले त ठाउँ–ठाउँमा अहिलेपनि बर–पीपलको रुख भेटिन्छन्, जो हाम्रा पूर्खाले आफ्नो उपभोगका लागि रोपेका थिएनन् । बाटोमा हिँड्ने बटुवाहरु विसौनी बनाइदिएका थिए, जहाँ शीलत छहारीमा थकाइ मार्न सकियोस् ।