

विराटनगर।
पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोह आज सम्पन्न भएको छ ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा भएको दीक्षान्त समारोहमा ८ हजार १ सय ५० विद्यार्थी दीक्षित भएका हुन् ।
.jpg)
दीक्षित हुनेमा कला संकायका २ सय ४, कानुनका ४ सय ७, शिक्षा शास्त्र संकायका ९ सय ६, व्यवस्थापन संकायका २ हजार २ सय ४९, चिकित्सा शास्त्र संकायका २ हजार १ सय ९८, विज्ञान तथा प्रविधि संकायका ६ सय ५४ तथा इन्जिनियरिङ संकायका १ हजार ४ सय४२ विद्यार्थी रहेका छन् ।
.jpg)
