Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रधानमन्त्री कपमा मधेशको विजयी सुरुवात





काठमाडौं ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ ।
मंगलबार भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई १ सय ६५ रनले पराजित गरेको हो ।
जितका लागि २८५ रनको लक्ष्य पछ्याएको कोशीले ३३ ओभरमा सबै विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो । कोशीका लागि शाकीब हवले सर्वाधिक २५ रन बनाएका थिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा २ सय ८४ रन बनाएको थियो । मधेशका लागि पवन सरार्फले सर्वाधिक ९२ रन बनाएका थिए भने अनिश शाहले ७५ र दिपेश दाशले ५६ रनको अर्धशतकिय पारि खेलेका थिए ।
त्यस्तै मंगलबार दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित ग¥यो । कर्णालीले दिएको ९२ रनको लक्ष्य पछ्याएको गण्डकीले २९ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाएको हो ।
गण्डकीका दीपकले अविजित रहँदै सर्वाधिक ५० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो ।