Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सरकारले सांसदहरुको स्वास्थ्य परीक्षण गर्ने





काठमाडौं ।
सांसदहरूमा नसर्ने रोग रहे/नरहेको परीक्षण गरिँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय संसद सचिवालयलाई पत्र नै लेखेर परीक्षण कार्यका लागि सहजीकरण गरिदिन अनुरोध गरेको छ । पत्र अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नसर्ने रोग परीक्षण गर्न चिकित्सकको टोली खटिनेछ ।
उक्त टोलीले संघीय संसदका सदस्य, कर्मचारी र सञ्चारकर्मीहरुको नसर्ने रोगको परीक्षण गर्नेछ । जस अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात परीक्षण हुनेछ ।
परीक्षण बुधबार गरिनेछ । बिहान ११ बजेदेखि नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा स्वास्थ्य परीक्षण हुने छ । संघीय संसद सचिवालयले परीक्षणमा सहभागी हुन सांसद, कर्मचारी र सुरक्षाकर्मीहरूलाई भनिसकेको छ ।