Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेश प्रदेशबाट एसईईमा ८८ हजार बढी विद्यार्थी सहभागी हुँदै





जनकपुरधाम ।
चैत ७ गतेबाट शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित बनाउने निर्णय गरिएको छ ।
प्रदेश परीक्षा समन्वय तथा व्यवस्थापन समिति मधेश प्रदेशको आयोजनामा सोमबार जनकपुरधाममा बसेको बैठकले एसईई परीक्षालाई पूर्ण रुपमा मर्यादित बनाउने र परीक्षा सञ्चालनका लागि संघ सरकारले जारी गरेको निर्देशिकालाई पूर्ण रुपमा कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह सहभागी सो बैठकबाट एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि बनेको निर्देशिकालाई पूर्ण रुपमा कार्यान्वयन गर्दै कसैले परीक्षा केन्द्रमा अमर्यादित क्रियाकलाप गरेको पाइए तत्काल कारबाही गर्ने निर्णय भएको हो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले एसईई परीक्षालाई मर्यादित बनाउन परीक्षासँग सरोकार भएका सबै निकाय तथा प्रदेशवासीमा आग्रह गरेका छन् । मर्यादित परीक्षाले प्रदेशमा पढ्ने तथा पढाउने वातावरणको निर्माण हुने मुख्यमन्त्रीले बताए । कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको पनि सहभागिता रहेको थियो ।
मधेश प्रदेशबाट यस वर्ष ८८ हजार ८ सय ५८ जना विद्यार्थीहरू सहभागी हुँदै छन् ।