Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन घोषणा





काठमाडौं ।
नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले आन्दोलनको घोषणा गरेको हो ।‘धेरै पटक आन्दोलन भई नेपाल सरकारसँग थुप्रै सहमतिहरू भएका छन् । विगतमा भएका ती सबै सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन आउन आवश्यक छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सरकार विद्यालय शिक्षा ऐन जारी नगर्ने मनसायमा रहेको ठहर महासंघको छ । स्थायी, राहत, साविक उच्चमावि, अस्थायी करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार निजी तथा संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू ऐनबाट सम्बोधन हुनुपर्ने माग महासंघको छ ।
‘विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन ल्याउने कुरामा गम्भीर षडयन्त्र हुन थालेको देखिन्छ । यही परिस्थितिलाई मध्यनजर गरी नेपाल शिक्षक महासंघले फेरि आन्दोलन थालनी गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
२४ फागुनमा पहिलो चरणको आन्दोलन पूरा गरेको महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । दोस्रो चरणमा सरकार, संसद् र सम्बन्धित सबै सरोकार पक्षलाई विगतका सहमतिहरू समेटिएको अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न बाध्य तुल्याउन महासंघले जनाएको छ ।
आन्दोलन अन्तर्गत २७ फागुनदेखि ५ चैतसम्म प्रमुख राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने कार्यक्रम छ । २० चैतदेखि अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघले घोषणा गरेको छ ।