Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसका मुख्यमन्त्रीको निर्देशन– नियम विपरित संचालित ५८ अस्पताल बन्द गर्नु





जनकपुरधाम ।
मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशका ५८ अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।
धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा पर्सा गरी पाँच जिल्लाका ९६ अस्पतालको अनुगमन गर्दा १५ वटा अस्पताल मात्र कानून सम्मत तरिकाले सञ्चालन भए पनि अधिकांश अस्पतालहरू कानूनविपरीत सञ्चालनमा रहेको पाइएको मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।
मन्त्रालयका अनुसार पर्साका २, धनुषाका २३, सर्लाहीका ९, रौतहटका २१, महोत्तरीका ५ अस्पताल कानुनविपरीत सञ्चालन भइरहेका थिए ।
निजी क्षेत्रका अस्पतालहरूको मुख्यमन्त्रीबाट भएको अनुगमनपछि अस्पताल सुधारको अपेक्षा गरिएको छ ।