Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अवैद्य काठ विरुद्ध वनका टोलीको विशेष अभियान जारी, गजरियाको सः मिलमा छापामारी

जगदीश ठाकुर र ललित ठाकुरको सः मिलवाट ७१.६० क्वीफिट गोलिया काठ बरामद





जनकपुरधाम ।
अवैद्य काठ विरुद्ध वनका टोलीको विशेष अभियान जारी रहेको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ३ गजरिया स्थित एउटा सः मिलमा छापामारी गरी अवैद्य काठ बरामद गरिएको छ । सो सः मिल क्षीरेश्वरनाथ नगरपालिका ३ का जगदीश ठाकुर र भंगहा नगरपालिका ९ का ललित ठाकुरको रहेको छ ।
कञ्चनवन भन्दा पूर्व रहेको सो सः मिलबाट सालको ९ थान गोलिया बरामद गरिएको छ । सो काठ ७१.६० क्वीफिट रहेको छ । सुराकीको आधारमा छापा मारिएको जानकारी डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहले मोडेल खबरलाई दिएका छन् ।
छापामारी गर्न टोली पुग्दा सञ्चालकहरु भगेका थिए । छापामारी वन अधिकृत रामसुन्दर साह र जिल्ला कमन्डर वैद्यनाथ सिंहको नेतृत्वमा गरिएको छ । छापामारीको क्रममा नेपाल प्रहरीका टोली पनि पुगेका थिए ।