Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

समाजवादी प्रेस संगठन धनुषाको पुनर्गठन, अध्यक्षमा विकास साह चयन





जनकपुरधाम ।
समाजवादी प्रेस संगठन नेपाल धनुषाको पुनर्गठन गरिएको छ । समाजवादी प्रेस संगठन धनुषाका अध्यक्ष सहितका केही व्यक्ति प्रेस चौतारी धनुषामा प्रवेश गरेपछि पुनर्गठन गरिएको हो ।
नेकपा एकिकृत समाजवादीका नेता रामचन्द्र झाको उपस्थितिमा विकासकुमार साहको अध्यक्षतामा समाजवादी प्रेस संगठन धनुषाको पुनर्गठन गरिएको हो । पुनर्गठित नयाँ कार्यसमितिको सचिवमा धिरेश दत्त, सह–सचिवमा सुरेन्द्रकुमार राय, कोषाध्यक्षमा रुकमिनी साह, सदस्यहरुमा शत्रुधन यादव र मोनु गुप्तालाई चयन गरिएको छ ।
कार्यसमितिको पहिलो बैठकबाट उपाध्यक्ष चयन गरिने अध्यक्ष साहले जानकारी दिए ।