Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई, न्युजिल्यान्ड विरुद्ध ४ विकेटको शानदार जीत





दूबई ।
आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल म्याचमा न्युजिल्यान्ड विरुद्ध भारत ४ विकेटले शानदार जीत हासिल गरेको छ । भारतको तर्फवाट कप्तान रोहित शर्मा ७६, श्रेयस अय्यर ४८, केएल राहुल ३४, हार्दिक पांडया १८, शुभमान गिल ३१, अक्षर पटेल २९, रवीन्द्र जडेजा ९ रन बनाएका छन् । रवीन्द्र जडेजा चौका प्रहार गरी भरतलाई ट्रफी जिताएको छ ।
न्युजिल्यान्डको तर्फबाट जेमिसन १, मिचेल स्नेटर २, रचिन रवीन्द्र १, ब्रेसवेल २ विकेट लिएका छन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले ५० ओभर खेल्दै ७ विकेट गुमाएर २५१ रन बनाएको हो । न्युजिल्यान्डका दुई खेलाडीले अर्धशतक प्हार गरे । मोहम्मद शामीको बलमा रोहित शर्माको हातबाट क्याचआउट भएका ड्यारिल मिचेलले १०१ बलमा ६३ रन र नटआउट रहेका माइकेल ब्रेसवेलले ४० बलमा ५३ रन जोडेपछि न्युजिल्यान्ड २५१ रन बनाउन सफल भयो।
उसका लागि विल योङले १५, रचिन रविन्द्रले ३७, केन विलियम्सनले ११, टम ल्याथमले १४, ग्लेन फिलिप्सले ३४, मिचेल स्यान्ट्नरले ८ रन बनाए। भारतले १६ अतिरिक्त रन दियो।
बलिङतर्फ वरुण चक्रवर्ती र कुलदीप यादवले समान २ विकेट झार्दा मोहम्मद शामीले १ र रविन्द्र जडेजाले १ विकेट लिए। भारतका दुई बलर अक्षर पटेल र हार्दिक पाण्ड्या भने विकेटविहीन रहे ।