Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजावादीहरुको गतिविधि बढेपछि माओवादीको पहलमा गणतन्त्र पक्षधरको प्रदर्शनको तयारी





काठमाडौं ।
काठमाडौंमा गणतन्त्रवादीहरूको प्रदर्शन गर्ने तयारी भएको छ । यसका लागि आन्तरिक छलफल चलिरहेको माओवादी नेता हिमाल शर्माले बताए ।
‘ठूला दलहरूको संलग्नतामा गणतन्त्र पक्षधरहरूको प्रदर्शनको गर्ने तयारी छ । अरु दलहरू तयार हुन्छन् नभए माओवादी एक्लैले गर्छ’, शर्माले भने ।
प्रदर्शनको समय भने तय भएको छैन । चैत पहिलो साताभित्र काठमाडौंमा प्रदर्शन गर्ने तयारी रहेको नेताहरू बताउँछन् । राजावादीहरूको गतिविधि बढेको भन्दै माओवादीका शीर्ष नेताहरू ‘तराई–मधेश जागरण अभियान’ स्थगित गरेर काठमाडौं केन्द्रित भएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार काठमाडौं केन्द्रित भएका शीर्ष नेताहरू अनौपचारिक संवादमा छन् ।
राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा नेताहरू जुटेका हुन् । अनौपचारिक छलफलपछि औपचारिक छलफल राखेर निचोडमा पुगिने नेताहरू बताउँछन् ।