Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

युवाहरुलाई प्रविधिसंग जोडिन नेपाली कांग्रेसका नेता निधिको आग्रह

वडाध्यक्ष पजियारले निजि लगानीमा युवाहरुकालागि निःशुल्क कम्पुटर कक्षा चलाउने





जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६का वडाध्यक्ष रामचन्द्र पजियारको निजि लगानीमा सो वडाका युवाहरुकालागि निःशुल्क कम्प्युटर कक्षा संचालन गरिने भएको छ । आफ्नो वडाका युवाहरुलाई प्रविधिसंग जोड्ने उद्देश्यले नेपाली कांग्रेस क्षेत्र नम्बर ३(२)का सभापति समेत रहेका वडाध्यक्ष पजियारको लगानीमा निःशुल्क कम्प्युटर कक्षा संचालन गर्न लागिएको हो ।
सो वडाका १४ वर्षदेखि ३५ वर्षसम्म र कम्तीमा ९ कक्षा उतीर्ण गरेका युवाहरुलाई कम्प्युटरको ३ महिने तथा ६ महिने निःशुल्क कक्षा संचालन गरिने वडाध्यक्ष पजियारले जानकारी दिए । कक्षामा सहभागी हुन चाह्ने युवाहरुलाई चैत १२सम्मका लागि दर्ताको समय तोकिएको छ । तत्काल वडा १६कै लागि शुरु गरिएको यो कक्षा आगामी दिन यस प्रकारको तालिम विस्तृत रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । वडाध्यक्ष पजियारले इलेक्ट्रिीसीयन, प्लम्बर तथा महिलाहरुका लागि उद्यमको तालिम समेत आगामी दिनमा संचालनमा ल्याउने बताए ।
वडास्तरीय निःशुल्क कम्प्युटर कक्षाको उदघाटन नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले गरेका छन् । निधिले उदघाटन गर्दै अहिलेको समयमा युवाहरुलाई प्रविधिमैत्री हुनु अति आवश्यक रहेको बताए । उनले वर्तमान समयमा बढ्दै गईरहेको भ्रष्टाचारले प्रविधिले न्युनीकरण गर्न मद्दत पुर्याउने बताए । युवाहरु प्रविधि मैत्रीभए देशमा बढ्दै गईरहेको आर्थिक अनियमितता कम गर्न सहयोगी हुन्छ नै यसका साथै व्यक्तिगत, आर्थिक, सामाजिक विकास गर्न समेत सहयोगी साबित हुने बताए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, राष्ट्रिय मुक्ति पार्टीका संजय चौधरी, कपिलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोज साह लगायतका उपस्थिति रहेको थियो ।