Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटको गरुडामा प्रचण्ड

‘राजावादीहरुकाले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको’





रौतहट ।

पूर्वप्रधानमत्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले राजावादीहरुकाले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको  बताएका छन ।

‘ज्ञानेन्द्रले पहिले पनि केही ठूलाठूला गल्ती गरेका छन् । मैले त मुर्खता नै भन्छु’, अध्यक्ष प्रचण्डले भने, ‘अब अहिले पनि फेरि मुर्खता गरेर आफ्नो बाँकी रहेको साख पनि समाप्त पार्ने गल्ती नगरुन ।’

‘जनतासँग माओवादी : तराई मधेश जागरण अभियान’ अन्तर्गत आज बिहान रौतहटको गरुडामा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले देशमा फेरि राजा फर्किन असम्भव रहेको बताएका हुन् । ‘नेपाली जनताले त्यति बेला उनलाई कारबाही गर्नुको सट्टा आरामसँग बस्न दिएको हो’, प्रचण्डले भने, ‘त्यो बेलाको हाम्रो उदारतालाई कमजोरी सम्झेर जबरजस्ती गर्न खोजे भने नेपाली जनताले त्यो सहदैनन् ।’

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्न मन लागेको भए पार्टी खोलेर चुनाव लड्न र चुनाव जितेर काम गर्न चुनौती समेत दिए ।

तराई मधेश जागरण कार्यक्रमअन्र्तगत अध्यक्ष प्रचण्ड शुक्रबार राति रौतहट आएका हुन । आज उनको रौतहटका विभिन्न पालिकाहरुमा भेटघाट तथा परोहा नगरपालिकाको लौकाहामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।