Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महोत्तरीको बलवामा श्रीमानले गर्यो ईँटा प्रहार गरी श्रीमतीको हत्या





जनकपुरधाम ।
महोत्तरीको बल्वा नगरपालिका ५मा श्रीमानले ईंटा प्रहार गरी श्रीमतीको हत्या गरेको छ । शुक्रबार बिहान श्रीमानले श्रमतीलाई ईंटा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको हो । औरही नगरपालिका ७ भोईल घर भइ ससुराली घर बल्वा नगरपालिका ५ आएका ३२ वर्षीय सत्य नारायण यादवले २४ वर्षीया सुधिरा देवीमाथी ईंटा प्रहार गरेका थिए ।
माइत बसेकी श्रीमती भेट्न आएका यादवले श्रीमतिसँग केहि विषयमा वादविवाद हुँदा सोहि विवाद झगडामा परिणत भएको र आवेशमा आएर श्रीमतिमाथि ईँटा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले बताए ।
आरोपी श्रीमान प्रहरी नियन्त्रणमा रहेको र शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको जयसवारले बताए ।