Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

लगातार ३ दिन बृद्धि भएको सुनको मूल्य आज घट्यो





काठमाडौँ ।
गएका तीन दिनसम्म लगातार बढेको सुनको मूल्य आज घटेको छ । चाँदी भने आज थप महँगिएको छ ।
मंगलबार, बुधबार र बिहीबार बढेको सुनको मूल्य आज घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँ घटेको हो । सुनको मूल्य आज तोलाको एक लाख ७० हजार दुईसय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला तीनसय रुपैयाँ बढेर एक लाख ७० हजार सातसय रुपैयाँ पुगेको थियो ।
बुधबार सुनको मूल्य प्रतितोला नौसय र मंगलबार एक हजार चारसय रुपैयाँ बढेको थियो । यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो । सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो ।
आज चाँदीको भाउ भने बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेर १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ ।