Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मलेठ घटनाको सम्झनामा सप्तरीको राजविराज नगरपालिकामा विदा





सप्तरी ।
पाँच जनाको ज्यान जाने गरी २०७३ साल फागुन २३ गते भएको सप्तरीको मलेठ घटनाको सम्झनामा राजविराज नगरपालिकाले बिदा दिएको छ ।
मलेठ घटनामा शहीद भएकाहरुको सम्झनामा शुक्रबार राजविराज नगरपालिका मातहत अत्यावश्यक सेवा बाहेकका निकायहरुमा बिदा दिइएको कार्यवाहक नगरप्रमुख इशरत परविणद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
नेकपा एमालेले तात्कालीन अवस्थामा सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत राजविराजको मलेठमा आयोजना गरिएको सभाका क्रममा तात्कालीन मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको थियो । सरकारले उक्त घटनामा मृत्यु भएका पाँचै जनालाई शहीद घोषणा गरेको थियो ।