Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सबैजसो विदेशी मुद्रा महँगिए, कुन मुद्राको विनियमदर कति बढ्यो?





काठमाडौ । 

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य भने बढेको छ।

विगत तीनदिसम्म लगातार घट्दै आएको अमेरिकी डलरको मूल्य आज बढेको हो।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ६९ पैसा छ।  हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ४४ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ०२ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ६६ पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ९३ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ८१ पैसा छ। पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ ८८ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा थियो।

आज कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ २७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४ सय ५१ रुपैयाँ ९१ पैसा थियो।

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ८९ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर