Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बुद्ध एयरको विमानले पांग्रा जनकपुरधाममै छोडेर काठमाडौँ पुग्यो, प्राधिकरणले छानविन गर्दै





जनकपुरधाम ।
बुद्व एयरको जहाज जनकपुर विमानस्थलमै पांग्रा छोडेर काठमाडौं पुगेको घटना सार्वजनिक भएको छ । बिहीबार जनकपुरबाट काठमाडौं उडान भर्ने क्रममा जहाजको पांग्रा हराएको हो ।
बुद्ध एयरको एटीआर ७२ जहाज अगाडिको एउटा पांग्राबिना नै जनकपुरबाट उडान भरेको थियो । जहाजको पांग्रा नभएकोबारे चालकदलका सदस्यहरूलाइ काठमाडौं ल्याण्ड हुने बेलामा मात्र जानकारी भएको हो ।
बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले पांग्रा बिनै उडान भरिएको स्वीकार गरे । उनले भने, ‘पांग्रा जनकपुरमै छुटेछ । पछि काठमाडौं आइपुगेपछि थाहा पाइयो । तर, अगाडिको पांग्रा नभएपनि जहाज सुरक्षित अवतरण गरिएको छ ।’
त्यस्तै, जनकपुर विमानस्थलमा जाँच गर्दा पांग्रा धावनमार्गमै फेला परेको र यो विषयमा अनुसन्धान सुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जनाएका छन् ।
बुद्धको युफोर ५०६ उडान नम्बरको एटीआर ७२ नामक एएनएच जहाजले काठमाडौंस्थित त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा अवतरण गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने जनकपुरबाट काठमाडौं आएको विमानको पांग्रा नभएको विषयमा पार्किङमा पुगेपछि मात्र थाहा भएको र यसको अनुसन्धान अघि बढीसकेको बताए ।