

जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिका ६ स्थित न्यू जनकपुर गेस्ट हाउसमा एक पुरुषको शव फेला परेको छ ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ठीक अगाडी रहेको सो गेस्ट हाउसको कोठा नम्बर ३०१मा अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेका हुन् । धनुषाका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहका अनुसार मृत फेला परेका पुरुष महोत्तरीको पिपरा गाउँपालिका ७ का सागर चौधरी रहेको जानकारी दिए ।
उनले आज दिउँसो ३ बजे गेस्ट हाउस संचालकले चौधरी मृत फेला परेको जानकारी गराएको बताए ।
सागर दुई जनासंगै आएको र उहाँ संगै रहेका व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । चौधरी वास बसेको सो कोठा सिरहाको मिर्चैयाका अमित साहको नाममा बुक गरिएको गेस्ट हाउसका एक कर्मचारीले जानकारी दिए ।
