Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कञ्चनवनमा श्रद्धालुहरुले एकअर्कालाई रंग अबिर दलेर मनाए होली (फोटो फिचर)





जनकपुरधाम ।
सीतारामले त्रेता युगमा रंग अबिर दलेर होली खेलेको सम्झनालाई मिथिला मध्यमा परिक्रमामा सहभागीहरुले ताजा गरेका छन् । परिक्रमामा मिथिला विहारीको डोला संगै कञ्चनवन पुगेका परिक्रमामा सहभागीहरुले एक अर्कालाई रंग अबिर दलेर होेली पर्व मनाएका छन् । कञ्चनवनमा परिक्रमामा सहभागीहरुले रंग अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ ।
कञ्चनवनमा के बाबा के महिला पुरुष सबै होलीमा रमेका थिए । परिक्रमा डोला कञ्चन वनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविदहरु बताउँछन् । त्यहाँको होलीमा मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागिता हुन्छ ।
फागुन शुक्ल प्रतिपदाबाट शुरु भएको मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासंगै ध्रुवकुण्ड बाट कञ्चनवन पुग्ने गर्छ । यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल समेत रहेको छ । इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ । यो स्थानमा सीतारामले होली पर्व मनाएका थिए । यहाँ परिक्रमामा सहभागीहरु रंग अबिरबाट होली खेल्ने गर्छन ।
एकातिर रंगअबिर, अर्को तर्फ होरैया गान, फेरी हजारोको सहभागिताले कञ्चनवनको होलीलाई आनन्दमय बनाउँछ । जनकपुरधामको हनुमान नगरबाट डोलासहित हिडेको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड हुँदै कञ्चनवन पुगेको हो ।