

जनकपुरधाम ।
अवैद्य रुपले रुख कटानी गरी काठ तस्करीमा संलग्न रहेका विरुद्ध डिभिजन वन कार्यालय र सव डिभिजनहरु धनुषामा सक्रिय भएको छ । यसैक्रममा वनका छडके टोलीले अवैद्य काठ सहित ४ थान साइकल बरामद गरेको छ ।
पुष्पवलपुर सव डिभिजन वन कार्यालय अन्तर्गत औरही खोला वन क्षेत्रबाट बुधवार राती ३ बजेको समयमा जमदार असनी चौधरीको नेतृत्वमा साईकल थान ४ र साल जातको फल्ली ९ थान बरामद गरेको जानकारी डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहले दिएका छन् ।

