Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयामा वाटरपार्क निर्माण, नेपाली सिने क्षेत्रका चर्चित अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितिमा भोलि उद्घाटन हुने





सुजीतकुमार झा
जनकपुरधाम ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ स्थित रमदैयामा वण्डरलैण्ड वाटरपार्क निर्माण गरिएको छ । ३ लाख स्कवायर फिट क्षेत्रफल रहेको मल्टिलेनसाइड टू लेन, वडीवेभ स्लाइड, हाइस्पीड वडी स्लाइड, ओपेन वडी टर्निगं स्लाइड, ओपेनफलोट स्लाइड, वेभ पुल, रैन डान्स, फाइभ प्लैटर्फम वाटर प्लेसिस्टम, ट्टस एक्टीभिटी, सिक्स डिफरेन्ट सावर, फूड कोर्ट, पार्टी हाँल लगायतको रहेको छ ।
सो वाटरपार्कको भोलि शुक्रवार बिहान ११ बजे नेपाली सिने क्षेत्रका चर्चित अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थितिमा उद्घाटनको कार्यक्रम राखिएको जानकारी जानकी फन पार्क एण्ड रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक गुड्डु जैनले दिएका छन् । उद्घाटन पूर्व आज पत्रकार सम्मेलन गरी पार्कको अवस्था सम्बन्धमा जानकारी गराइएको छ ।
मधेश प्रदेशमा सबैभन्दा राम्रो बनाइएको सो पार्कमा धनुषा, महोत्तरी, सिरहा सहित मधेश प्रदेशका सबै जिल्लाका साथै सीमावर्ती क्षेत्रबाट पनि निकै संख्यामा मनोरञ्जन गर्न मानिसहरु आउने अपेक्षा गरिएको छ ।
वाटरपार्क बिहान १० बजेर ३० मिनेटमा खुल्नेछ र बेलुकी ५ बजेसम्म दैनिक सञ्चालनमा रहनेछ । सिद्धार्थ बैंक लिमिटेडको ऋण सहयोगमा निर्माण भइरहेको वाटरपार्कमा अहिलेसम्म १२ करोड ५० लाख खर्च भइसकेको छ । वाटरपार्कमा जानका लागि टैक्स सहित ९ सय ५० रुपैया प्रति व्यक्ति लाग्नेछ ।
पानीको स्वच्छता कायम राख्न ४ वटा वाटर ट्रिटमेन्ट जडान गरिएको जानकारी जानकी फन पार्क एण्ड रिसोर्ट प्रालिका निर्देशक अभिशेष गोयन्काले दिएका छन् । वाटरपार्कमा आउनेहरुलाई न्यूनतम शुल्कमा कस्टुमपनि उपलब्ध गराइनेछ ।
वाटरपार्कको रेस्टुरेन्ट कम्पलेक्समा रिसोर्ट, बैन्केट हाँल, बच्चाहरुका लागि प्ले जोनको निर्माण कार्य पनि भइरहेको छ ।

वाटरपार्कको स्कोप र स्थापनाको उदेश्यलाई लिएर मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा हेर्न एवं सुन्न सकिन्छ