Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

८ सय ३० किलो मानव कपाल चोरी





एजेन्सी ।
भारतको बैंग्लोरबाट करिब ८३० किलो मानव कपाल चोरी भएको छ ।
लक्ष्मीपुरा क्रसको व्यावसायिक भवनको गोदामबाट एउटा गिरोहले १ करोड भारतीय रुपैयाँ बराबरको कपाल चोरी गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार कपाल व्यवसायी वेंकटस्वामीले गोदाममा २७ झोलामा करिब ८३० किलो कपाल राखेका थिए । जुन फेब्रुअरी २८ को मध्यराति चोरी भएको हो ।
विश्व बजारमा भारतीय कपालको ठूलो माग छ । अन्य देशको तुलनामा भारतमा कपाल सस्तो छ।