Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धनुषाको चारनाथ नगरपालिकाको छघरिया टोलका फर्निचर पसलमा वनका टोलीको छापामारी, अवैद्य काठ सहित १ पक्राउ





जनकपुरधाम ।
धनुषाको चारनाथ नगरपालिकाको छघरिया टोलामा रहेका फर्निचर पसलमा वनका टोलीले आज साँझ छापामारी गरेको छ । रामचन्द्र ठाकुरको सो फर्निचरमा छापामारी गर्दा २१.९२ क्यूफिट सालको काठ र कटर मशिन बरामद गरेको छ ।
डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहका अनुसार फर्निचरका सञ्चालक रामचन्द्र ठाकुरलाई पनि पक्राउ गरिएको छ ।
वनका ज्ञान कुमार साह र जिल्ला कमान्डर वैजनाथ सिंह को नेतृत्वमा सो छापामारी गरिएको छ । छापामारीमा डिभिजन वन कार्यालय धनुषाका अतिरिक्त पुष्पवलपुर, चारनाथ सव डिभिजन वन कार्यालय का कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।