

जनकपुरधाम ।
मधेस प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोजकुमार यादवले पत्रकारले मसँग बार्गेनिगं गरेको अभिव्यक्ति दिएपछि पत्रकारिता क्षेत्र तरगिंत भएको छ । उहाँले त विज्ञापन नदिदा, योजना नदिदा समाचार लेख्ने धम्की दिएको आरोप समेत लगाउनु भएको छ । मोडेल खबरले पत्रकारका दूईजना नेतासँग यससम्बन्धमा कुराकानी गरेको छ ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतोले दलाली गर्ने पत्रकारको पक्षमा हामी छैनो बताउनुभयो । मन्त्रीको अभिव्यक्ति पछि जुनरुपमा पत्रकारिताप्रति विभिन्न लांक्षणा लगाइदैछ त्यो राम्रो भएन तर जो गलत छ त्यसलाई हामीले राम्रो भन्दिन उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ताले मात्रै कुरो गरेर हुँदैन सप्रमाण आउनुपर्छ मन्त्री सरोज यादवलाई आग्रह गर्नु भएको छ । उहाँले मन्त्रीले प्रमाण सहित बोल्नुपर्छ तर अहिलेसम्म किन प्रमाण देखाइरहनु भएको छैन यो राम्रो भएन बताउनुभयो । दूबैजनासँगको Exclusive कुराकानी
मोडेल खबरको पोडकाष्ट चैनल https://www.youtube.com/@ModelKhabar मा केहीबेरमा हेर्न सकिन्छ
