

जनकपुरधाम ।
नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले जनकपुरधामस्थित चक्रपथ सडकको शिलान्यास गरेका छन् । जनकपुरधाम उपमहागरपालिका वडा नम्बर २५ लोहनामा आयोजित एक कार्यक्रमकाबीच महासेठले चक्रपथ सडकको शिलान्यास गरेका हुन् ।
३२ किलोमिटर लम्बाई भएको सो चक्रपथ सडकले कपिलेश्वर, महुवा, लोहना, कुवारामपुर, देवपुरा रुपैठा, बसहिया, बिन्दही, बसबिट्टी, कुर्था, लक्ष्मिनिया, ठेरा, बेङ्गा शिवपुरलाई जोड्ने छ । जनकपुरधामको यो चक्रपथ सडकको निर्माण कार्य पूरा भएसंगै नगरको विकासमा सहायक सावित हुने स्थानीयको विश्वास रहेको छ ।
शिलान्यास कार्यक्रममा पूर्व मन्त्री जुली महतो, पूर्व मन्त्री अरविन्द साह, प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव लगायतको उपस्थिति रहेको थियो ।

