Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्रम्प र जेलेन्सकीबीच फेरी वार्ता हुने सम्भावना





एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ताका लागि प्रयास थालेका छन् ।
भनाभनको स्थिति बनेपछि शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको वार्ता बिथोलिएको थियो । अघिल्लो वार्तामा तनाव भएपछि ट्रम्पले फेरि जेलेन्स्कीसँग वार्ताका लागि प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन् ।
जेलेन्स्कीसँगको वार्ताका लागि ट्रम्पले ‘ब्याक च्यानल’बाट प्रयास गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ । स्थायित्वका लागि युक्रेनसँगको सम्बन्ध सुमधुर बनाउनु आवश्यक रहेको ठहर गर्दै राष्ट्रपति ट्रम्पको संसद्लाई सम्बोधन हुनु अगाडि नै सो प्रयास थालेका हुन् ।
यसै प्रयासको परिणाम स्वरूप सोमबार युक्रेनी राष्ट्रपति जेलेन्सकीले सामाजिक सञ्जालमा शुक्रबार ओभलमा भएको घटना बिर्सन लायक भएको भन्दै लेखेका छन् । ट्रम्पले संसद्लाई सम्बोधन गरेपछि यसका लागि थप प्रयास हुने समाचारमा उल्लेख छ ।