Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसका भौतिक मन्त्री सरोज यादव भन्छन् ‘केही दिन अझै मन्त्री रहे डिप्रेस्ड हुन्छु’





जनकपुरधाम ।
मधेसको भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव प्रदेशको दयनिय अवस्थाप्रति आफै असन्तुष्ट रहेको बताएका छन् । मैथिली विकास कोषले आयोजना गरेको प्रादेशिक ललितकला प्रदर्शनी २०८१को उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादव प्रदेशको अवस्था नाजुक हुँदै गईरहेकोमा आफू असन्तुष्ट रहेको बताए । उनले आफू मधेसको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता मात्रै होइन् मन्त्री भएपनि सन्तुष्ट हुने ठाउँ नरहेको बताए ।
म आफै मन्त्री छु, तर सन्तुष्ट छैन, मन्त्री यादवले भने ‘म केही दिन अझै यही अवस्थामा मन्त्री रहे डिप्रेशनको शिकार हुन्छु जस्तो लागिरहेको छ ।’ प्रदेशको अवस्था दयनिय हुनुमा कुनै एक पक्षको मात्रै गलती नरहेको उनको भनाई थियो ।
उनले यहाँका राजनीतिक दलहरु दोषी रहेको आरोप लगाउँदै दलहरुमा ईमान्दारिता नरहेकैले प्रदेशको यो हविगत भएको बताए । उनले भने ‘यो अवस्था देखेर कति पटक मुख्यमन्त्रीजीलाई भेटेरै भनेको छु अवस्था सुधार्न पहल गर्नुस नभए म मन्त्री पदबाट ब्याक हुन तयार रहेको भनेको छु ।’ अगाडी भने ‘यदि अवस्था सुधार नभए आफ्नो ठाउँमा हल्ला खल्ला गर्ने कोही अरुलाई पठाई दिन्छु समेत मुख्यमन्त्रीजीलाई भनेको छु ।’
प्रदेश बिग्रिदै जानुमा मात्र एक पक्षको नभई सबै पक्षको हात रहेको उनले आरोप लगाए । उनले भने ‘पत्रकारहरुको मलाई फोन आउँछ, तपाईको मन्त्रालयबाट विज्ञापन आएन निगेटिभ समाचार छापि दिन्छु भन्दै धम्काउँछन् ।’ फेरी पत्रकारहरुबाट सबै डराउँछन् पनि । यो एउटा उदाहरण मात्रै हो यस बाहेकका अन्य धेरै कारण छन् प्रदेशको अवस्था दयनिय हुँदै जानु्मा ।
मन्त्री यादवले प्रदेशलाई सुधार्न आफूहरुले पहल गरिरहेको र गरिरह्ने बताउँदै प्रदेशमा स्थिरता ल्याउनकै लागि आफूहरुले मधेसको ठूलो दल भएरपनि चौथो दलको नेतृत्व स्वीकारेको बताए ।